रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज १२ गते साँझ ६ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका इलाकाहरुबाट ३३ भारतीय, ४ जर्मन, १६ चिनिया, १ ओमान, २ कोरियनसहित ९ सयजनाको उद्धार गरिएको छ ।
दुईदिनदेखि नेपाली सेनाले स्थल उद्धार २ सय र हवाई साधनमार्फत विदेशी नागरिक १ सय ६३ (११३ भारतीय, ४ जर्मन, २६ चिनिया, २ अमेरिकन, २ इटालिनय, १ ओमान, १५ कोरियन) सहित १ हजार ९ सयजना गरी २ हजार १ सय १ जनाको उद्धार गरेको छ ।
सेनाले राहत सामग्रीहरु काठमाडौँबाट त्रिशुलीसम्म स्थलमार्गबाट एवं आवश्यकता अनुसार हेलिकप्टरबाट ढुवानी गरिरहेको छ । सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र, त्रिशूलीमा ४ सय ५६ र धुन्चेमा १ सय ५ गरी जम्मा ५ सय ६१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ भने उक्त केन्द्रहरुबाट हालसम्म १ हजार ७ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।
प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ६ हजार ७ सयभन्दा बढी फौज खटिएका र समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको छ । भोलि भाद्र १३ गते नदी किनाराहरूमा शव खोज तलास तथा व्यवस्थापनमा सहयोग, आपत्कालीन उपचारको निरन्तरता, मैलुङ्ग, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिँदै अवरुद्ध सडक सुचारु गर्ने कार्यको लागि सेना निरन्तर खटिने सैनिक मुख्यालयले जनाएको छ ।








प्रतिक्रिया