रसुवा बाढीमा बेपत्ता भएकाको खोजी र उद्धारमा सशस्त्र प्रहरी बल, नेपालबाट ३ हजार ६ सय जना परिचालित भएका छन् ।
सशस्त्र प्रहरी मुख्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितहरुको खोज, उद्धार तथा व्यवस्थापनका लागि गोताखोर, स्वास्थ्यसमेतका टोलीसहित ३ हजार ६ सय भन्दा बढी सशस्त्र प्रहरीको जनशक्ति निरन्तर खटिरहेको छ ।








प्रतिक्रिया