रसुवा बाढी : ४ हजार ५ सयबढी सेना परिचालित

रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज २०८३ भाद्र १२ गते दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिकको उद्धार गरिएको छ ।

उद्धार गरिएकामा २९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियनसहित ७ सय ६ जनाको उद्धार गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार