बाढीपीडितका लागि MAXUS Nepal ले ७० लाख सहयोग गर्ने

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको MAXUS Nepal ले बाढी प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले SAIC MAXUS Automotive Co., Ltd. चीनसँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको हो।

कम्पनीका अनुसार घोषित रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ। उक्त रकम नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा प्रयोग हुने अपेक्षा गरिएको छ।

बाँकी २० लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढीबाट प्रभावित क्षेत्रमा वितरण गरिने कम्पनीले जनाएको छ। सामाजिक संस्था तथा सम्बन्धित स्थानीय सरकारसँगको समन्वयमा उक्त राहत सामग्री वितरण गर्ने योजना रहेको MAXUS Nepal ले जनाएको हो।

राहत सामग्री बाढीबाट सबैभन्दा बढी प्रभावित र तत्काल सहयोग आवश्यक रहेका क्षेत्र पहिचान गरी वितरण गरिनेछ। यसका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकताका क्षेत्र र आवश्यक सामग्री पहिचान गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।

राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका भने सम्बन्धित पक्षसँगको छलफल तथा समन्वयपछि तय गरिने बताइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत विवरण तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

MAXUS Nepal ले यो सहयोगलाई नेपाल र नेपाली जनताप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको जनाएको छ। व्यावसायिक सहकार्यमा मात्र सीमित नभई कठिन परिस्थितिमा देश र समुदायसँग उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको कम्पनीको भनाइ छ।

कम्पनीले घोषित सहयोग जिम्मेवार, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ। साथै, बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रको सुरक्षित र शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।

MAXUS Nepal, हिमालय मोटरक्स प्रालिमार्फत नेपालका लागि SAIC MAXUS सवारीसाधनको आधिकारिक वितरकका रूपमा सञ्चालनमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार