वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाएको अग्रणी शैक्षिक संस्था ‘हार्डफोर्ड एजुकेशन’ले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ ।
सन् २००५ मा स्थापना भई अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श दिंदै आएको हार्डफोर्ड एजुकेशनले अटुट मेहेनत र निरन्तरको प्रयासबाट २१औं बार्षिकोत्सव मनाउन सफल भएको जनाएको छ ।
हार्डफोर्ड एजुकेशनका प्रबन्ध निर्देशक महेश कुमार श्रेष्ठले संस्थाको २१ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति आभार प्रकट गर्दै आजको दिनसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेज/विश्वविद्यालय, शुभेच्छुक र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा दुई दशक भन्दा बढी समय व्यथित गर्नु आफैमा गर्वको कुरा हो, चुनौती र संघर्षपूर्ण विगतका वर्षहरुलाई पार गर्दै यहाँसम्म आएका छौं,’ प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘यो सबै विद्यार्थी एवं अभिभावकसँग गाँसिएका अनगिन्ती सम्बन्ध र विश्वासका कारण सम्भव भएको हो ।’
हार्डफोर्ड एजुकेशनको सफलताको आधार नै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको श्रेष्ठले बताए । उनले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको यात्रालाई साथ दिंदै भविष्य निर्माणमा अझै विशेष अवसर सिर्जना गरी हजारौं विद्यार्थीको करिअरलाई विश्वव्यापी रुपमा जोड्न आफु प्रतिवद्ध रहेको जानकारी दिए ।
काठमाडौंको मुटु बानेश्व चोकैमा मुख्य कार्यालय रहेको हार्डफोर्ड एजुकेशनले विशेष गरी ‘जापान’ अध्ययनमा जाने विद्यार्थीको लागि परामर्श दिंदै आएको छ । साथै यूके, अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, माल्टा, साउथ कोरियालगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई पनि उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको छ ।
यतिमात्र नभई हार्डफोर्ड एजुकेसनले उच्च प्रविधियुक्त ल्याबसहित IELTS, PTE, र DUOLINGO जस्ता टेस्ट प्रिपरेसन कक्षाहरूका साथै जापान जान चाहने विद्यार्थीहरूका लागि विशेष JLPT, J-cert र NAT भाषा कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ।
त्यस्तै वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई जापान एड्मिसन डे पनि संचालान गरिएको छ भने आजै भर्ना हुने विद्यार्थीहरुलाई जापानिज भाषा तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको हार्डफोर्ड एजुकेशनले जनाएको छ ।











प्रतिक्रिया