भारतीय विदेशमन्त्रीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल दिल्ली प्रस्थान, सीमासहित सबै विषयमा छलफल हुने

परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ सरकार बनिसकेपछिका प्राथमिकताका विषयहरूमा भारतसँग संवाद गर्ने बताएका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा खनाल दिल्ली उडेका मन्त्री खनालले उठेका सबै विषयमा छलफल हुने बताए।

उनले भने, ‘लामो समयपछि उच्चस्तरीय औपचारिक दुई पक्षीय भ्रमण हुँदै छ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौँ।’

दिल्ली जानको लागि विमानस्थल पुगेका मन्त्री खनाललाई सञ्चारकर्मीहरूले सीमा विवादको विषयमा चासो राखेका थिए।

त्यसबारे उनले भने, ‘त्यसबारे स्पेशिफिक म अहिले बोलिनँ। तर पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी संवाद गर्छौँ। अहिले उठेका सबै खाले विषयहरूमा हामी संवाद गर्छौँ।’

रास्वपा सभापति रवि लामिछाने ५ दिने भ्रमणमा रहेका बेलामा मन्त्री खनाल पनि त्यतै लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट