काठमाडौं– सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक छ।
यसैबीच, नेपाली कांग्रेसका नेता गगन थापा र मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंह उपचाररत विवेक मण्डललाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । सर्लाहीको आफ्नै निर्वाचन क्षेत्रका बासिन्दा रहेका मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा अस्पताल पुगेका हुन् ।
थापाले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै विवेक मण्डलका परिवारजनसँग भेटेर उनीहरूलाई धैर्य रहन आग्रह गर्दै घटनाबारे चासो व्यक्त गरेका छन् ।











प्रतिक्रिया