नेपाली महको निर्यात प्रवर्द्धनका लागि व्यापार अनुगमन तथा निर्यात क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं।नेपाली महको अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार तथा निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यलेव्यापार अनुगमन, व्यापार विश्लेषण तथा निर्यात अनुपालन परामर्श सेवा सम्बन्धी पाँचदिने क्षमता अभिवृद्धि तालिमसफलतापूर्वक सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (UNIDO) कोग्लोबल मार्केट एक्सेस प्रोग्राम (GMAP) नेपालपरियोजनाआयोजितउक्त तालिमव्यावसायिक कीट विकास केन्द्र, हरिहरभवनको समन्वय तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (TEPC)कोप्राविधिक सहयोगमासञ्चालन गरिएको थियो।उक्त तालिममा विभिन्न सरकारी निकाय, व्यापार प्रवर्द्धन संस्थाहरू, मह व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य नेपाली महको निर्यात प्रवर्द्धनका लागि आवश्यक व्यापार अनुगमन प्रणाली, बजार विश्लेषण, निर्यात मापदण्ड तथा अनुपालनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको थियो।

विश्व बजारमा प्राकृतिक, अर्गानिक तथा प्रिमियम गुणस्तरको महको माग निरन्तर बढ्दै गए पनि नेपाली मह निर्यातकर्ताहरूले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड, निर्यातसम्बन्धी प्रक्रिया, बजार सूचना तथा व्यापारसम्बन्धी तथ्यांकमा पहुँचको अभावलगायत विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। यस्ता चुनौतीहरूको प्रभावकारी रूपमा सम्बोधन गर्दै निर्यातको सम्भावना भएका तथा निर्यातमा रुचि राख्ने उद्यमीहरूलाई आवश्यक सहजीकरण गर्न सरकारी तथा निजी क्षेत्रका संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि अपरिहार्य रहेकाले यो तालिम आयोजना गरिएको हो,” युनिडो (UNIDO) की राष्ट्रिय गुणस्तर पूर्वाधार (National Quality Infrastructure) विज्ञ तथा उक्त तालिमकी संयोजक मञ्जु क्षेत्रीले बताउनुभयो।

तालिमका क्रममा व्यापार अनुगमन प्रणाली, व्यापार तथ्यांक संकलन तथा विश्लेषण, निर्यात अनुपालन, अन्तर्राष्ट्रिय बजारका आवश्यकता, स्यानिटरी तथा फाइटोस्यानिटरी (SPS) मापदण्ड, गुणस्तर व्यवस्थापन तथा व्यापार प्रवर्द्धनलगायतका विषयमाव्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशकराजेन्द्र सिंहसहित अन्य दुई जना प्राविधिक विज्ञहरूले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो। साथै, सहभागीहरूलाई व्यावहारिक अभ्यास, समूहगत छलफल, केस अध्ययन तथा अन्तरक्रियात्मक सत्रमार्फत व्यापार विश्लेषण, बजार सूचनाको उपयोग तथा निर्यात परामर्श सेवासम्बन्धी आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरिएको थियो।

कार्यक्रममाकृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र, मौरी विकास केन्द्र, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र लगायत मह क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरीनेपाल निर्यात व्यवसायी महासंघ, नेपाल मौरीपालक महासंघ, नेपाल महिला उद्यमी महासंघतथा मह निर्यातमा संलग्न उद्यमी र निर्यातकर्तासहित करिब१८ जनासहभागीले तालिममा सहभागिता जनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार