राष्ट्रिय सभाको बैठकमा बजेट शीर्षकमाथि छलफल हुँदै

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ ।

बिहीबार (आज) अपराह्न १ः१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा मुख्य गरी विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल चलाइने तयारी गरिएको छ ।

संसद सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकमा समावेश गरिएका विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुनेछ । छलफलका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयका शीर्षकहरू तय गरिएका छन् । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट विनियोजनमाथि पनि सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

छलफलकै क्रममा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकहरूमाथि पनि गहन विचारविमर्श हुने जनाइएको छ । संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बाँकी रहेका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विनियोजन शीर्षकहरू पनि बिहीबारकै छलफलको कार्यसूचीमा समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार