आयल निगमले घटायो पेट्रोल, डिजेल र ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले मंगलबार मध्यरात १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको लागत मूल्यसमेत घटेर आएको छ ।

यसका साथै, निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाएको छ । पोखरा र भैरहवाका लागि भने हवाई इन्धनको बिक्री मूल्य ब्रेकइभेन बिन्दुमा कायम गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार