चितवनमा ‘रि ब्राण्डिङ’सहित मेट्सको नयाँ कार्यालय उद्घाटन

शैक्षिक परामर्श क्षेत्रमा स्थापित र आफ्नो छुट्टै पहिचान बनाएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसले चितवनको शाखालाई ‘रि ब्राण्डिङ’ गरी नयाँ कार्यालयको उद्घाटन गरेको छ । मेट्सले चितवन र आसपास क्षेत्रका विदेश पढ्न जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको नरायणगढ शहिद चोक अवस्थित शाखालाई नयाँ संरचनासहित रि ब्राण्डिङ गरी नयाँ कार्यालय उद्घाटन गरेको हो ।

२०६५ साल भदौदेखी संचालनमा आएको शाखालाई अत्याधुनिक सुविधासहित प्रविधिमैत्री बनाएर अझै गुणस्तरिय सेवा प्रवाहको लागी नयाँ संरचना तयार गरिएको मेट्सका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले बताए ।

‘शाखा पुरानै हो, यसलाई मोफसलका विद्यार्थीको सुविधालाई ध्यानमा राखेर सेवा प्रवाह गर्न सकियोस् भनेर नयाँ संरचनाकासाथ अफिस विस्तार गरिएको हो,’ उनले भने, ‘नयाँ कार्यालयबाट चितवनसहित आसपासका विद्यार्थीले आइइएलटिएस, पिटिईलगायत परिक्षा तयारीको सुविधासहित आवश्यक शैक्षिक परामर्श लिन पाउनेछन् ।’

विशेषगरी अष्ट्रेलियाको शिक्षा प्रणालीबारे विद्यार्थीलाई परामर्श दिंदै आएको मेट्सले क्यानडा, युके, अमेरिका, न्युजिल्याण्ड र आयरल्याण्डको शिक्षालाई पनि प्रवद्र्धन गर्दै आएको छ । उल्लेखित देशहरुमा जान चाहने विद्यार्थीहरुलाई विश्वविद्यालय तथा कलेजहरुमा परामर्श मात्र नभई भर्ना प्रक्रियामा पनि सहयोग गर्दै आइरहेको पाण्डेले जानकारी दिए ।

अब शाखा कार्यालयबाटै आधुनिक पिटिई ल्यावसहित अनुभवी प्रशिक्षकबाट कक्षा संचालन गर्नुका साथै मेट्ससँग अन्तर्राष्ट्रियरुपमा टाइअप भएका संस्थाहरुबाट पनि अनलाईमार्फत टेस्ट प्रिपरेशन गराउन सकिने उनले बताए ।

फराकिलो भौतिक संरचना र आत्याधुनिक प्रणालीको प्रयोगका कारण विदेश पढ्न जान चाहने विद्यार्थीले आवश्यक शैक्षिक परामर्श एवं तयारी कक्षाको लागि मेट्सको नयाँ कार्यालयमार्फत सेवा लिनेमा विश्वस्त रहेको पाण्डेले बताए ।

२०६४ सालमा स्थापना भएको मेट्सको मुख्य कार्यालय काठमाडौं पुतलीसडकमा रहेको छ । मेट्सले मुख्य कार्यालयसहित चितवन, पोखरा र बुटवलबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार