नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङ ठगी मुद्दाको जाहेरीका आधारमा पक्राउ परेका छन्। ९ दिन प्रहरी हिरासतमा बसेपछि जाहेरीकर्ताको रकम भुक्तानी गरी उनी शुक्रबार रिहा भएका छन्। यो पक्राउसितै उनको राजनीति पनि सकिएको छ ।
संखुवासभाको मकालु घर भएका उनी जिल्लामा पनि आर्थिक कारोबारमा बेइमानका रुपमा लिइन्छन् । तीन जनासित करिव ७१ लाख रुपैयाँ ठगी गरेका पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका गुरुङ ठगिएको रकम फिर्ता गरेपछि हिरासत मुक्त भएका हुन् ।
कांग्रेस नेता गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत भदौ १८ गते पक्राउ गरेको थियो। ३ जना पीडितले उनीविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार पीडितहरूको रकम बुझाएपछि गुरुङलाई शुक्रबार हिरासतमुक्त गरिएको हो।
गुरुङविरुद्ध दोर्जे शेर्पा, रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले ठगी मुद्दामा जाहेरी दिएका थिए। स्रोतका अनुसार गुरुङले जाहेरीकर्ताहरूमध्ये दोर्जेको ३३ लाख ५० हजार, रिंगुज्याम्बुको १४ लाख र सुनुर्पाको २४ लाख रुपैयाँ बुझाएपछि रिहाइ पाएका हुन्।





प्रतिक्रिया