मलेसियाले महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाको पहिलो खेलमा नेपालसामु ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर ६७ रनको योगफल तयार पारेको हो । मलेसियाकी इल्सा हन्टरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालकी पूजा महतोले तीन विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले समान दुई विकेट हात पार्दा सीता रानामगर र कविता कुँवरले समान एक विकेट लिए ।











प्रतिक्रिया