फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

स्पेनले साविक विजेता अर्जेटिनालाई हराउँदै फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि चुमेको हो ।

स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि हासिल गर्न फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाएका थिए।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्‍यो ।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

स्पेनले यस प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोऱ्यो, जसले कुनै पनि च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ विश्वकप कीर्तिमान कायम गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार