रेलिगेसनमा परिसकेको बर्नेलीविरुद्ध १–० को कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ ।
सोमबार इमिरेट्स रंगशालामा कार्ड हाभर्ट्जले पहिलो हाफमा गरेको एकमात्र गोल घरेलु टोली आर्सनलको जितमा निर्णायक बन्यो । उनले ३६औँ मिनेटमा बुकायो साकाको कर्नरलाई हेडरमार्फ जाली चुमाएका थिए ।
खेलमा हाबी भए पनि आर्सनल फिनिसिङमा भने चुकेको थियो । टोलीका १३ मध्ये दुई प्रहार मात्र टार्गेटमा रह्यो ।
जितसँगै लिग लिडर आर्सनलले ३७ खेलबाट ८२ अंक जोडेको छ । आर्सनललाई एक खेल कम खेलेको म्यानचेस्टर सिटीले ७७ अंकका साथ पछ्याइरहेको छ ।
यता, पराजित बर्नेली ३७ खेलबाट २१ अंकका साथ १९औँ स्थानमा छ ।











प्रतिक्रिया