ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा जारी खेलमा उनले १०४ बलमा शतक बनाएका हुन् ।
उनले १२ चौका र ३ छक्का प्रहार गरे । एकदिवसीयमा उनको यो दोस्रो शतक हो। उनले यसअघि नामिवियाविरुद्ध शतक बनाएका थिए । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष दिएको थियो ।











प्रतिक्रिया