इक्यान निर्वाचनः विष्णुहरि प्यानल घोषणा, ५ लाखसम्म आयस्रोत जुटाउने ग्यारेण्टी

शैक्षिक परामर्श व्यवसायीहरूको सबैभन्दा ठुलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को यही असार ३० गते हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी बिष्णुहरि पाण्डेले आफ्नो प्यानल घोषणा गरेका छन् । मेरियट होटल नक्सालमा भव्य कार्यक्रमको आयोजना गरी पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित व्यवसायीहरुलाई समेटेर शसक्त प्यानलको घोषणा गरेका हुन् ।

इक्यानको पूर्व अध्यक्षसमेत रहेका पाण्डेले दुईपटक उपाध्यक्ष र एक पटक कोषाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् । उनले गतिशिल र समृद्ध इक्यान निर्माणका लागि इमानदार नेतृत्व आवश्यक रहेको भन्दै यसको लागि आफ्नो प्यानल योग्य र सक्षम रहेको बताएका छन् ।

प्यानल घोषणा सभामा पाण्डेले इक्यानको आफ्नै भवनको परिकल्पना गर्दै नक्सासमेत सार्वजनिक गरेका छन् भने इक्यानलाई आर्थिक रुपमा सवल बनाउन मासिक ३ देखी ५ लाख रुपैयाँ आयश्रोत ग्यारेण्टी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जसकोे परिणाम आफ्नो प्यानल निर्वाचित भएर आएको ६ महिना भित्रै देखिने उनले दावी गरे ।

समावेशीका आधारमा इक्यानका सदस्यहरुलाई तालिम तथा व्यवसायीक दक्षता अभिवृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने, इक्यानका शाखालाई अधिकार सम्पन्न बनाउने, नेता संगठनको रूपमा रहेको इक्यानलाई अझ मजबुत बनाउने, सरकारले व्यवसायीहरुको लागि ल्याउन खोजेको धरौटीको व्यवस्थालाई रोक्ने, इक्यानलाई इक्यानलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने र अन्य देशका संगठनहरुसँग पनि कार्यगत मित्रता बढाउनेलगायतका विषयलाई प्रथमिकताकासाथ कार्यान्वयनमा लैजाने पाण्डेले उद्घोष गरेका छन् । यतिमात्र नभई व्यवसायीक रुपमा प्रप्त हुने इन्सेन्टिपस् वृद्धि गर्न पनि तत्कालै पहल गर्ने पण्डेले बताएका छन् ।

उनले कुनैपनि बाहानामा वैदेशिक लगानी भित्र्याउन नदिने भन्दै यसको कडा विरोध गरे । त्यस्तै सरकारले लगाएको ३ प्रतिशत करका सम्बन्धमा पनि पुनरावलोकन गराउन समन्वय गर्ने बताए । पाण्डेले इक्यानमा तत्काल गर्नुपर्ने, केही समयपछि गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्नुपर्ने कामको खाकासमेत प्रस्तुत गरेका छन् ।

‘हामीलाई यो वा त्यो वाहाना देखाएर पन्छिने छुट छैन,’ उनले भनेका छन्, ‘योजना अनुसार कार्य गर्ने र त्यसको ६/६ महिनामा प्रतिवेदन सार्वजनिक गरिनेछ, हामी निर्वाचित भएपछि परिणाम आउने गरी काममा फोकस गर्नेछौं ।’ उनले निर्वाचनमा प्रतिश्पर्धा गर्नु प्राविधिक कुरा भएकाले इक्यानलाई गतिशिल र जिवन्त बनाउन चुनावपछि सम्पूर्ण व्यवसायी एकढिक्का भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

पाण्डेले सवल, पारदर्शी र समृद्ध इक्यान निर्माणका लागि अहिलेसम्म भूमिका खेल्दै आएका वर्तमान अध्यक्ष प्रकाश पाण्डे, इक्यानका पूर्व अध्यक्ष एवं शैक्षिक परामर्श व्यवसायी महासघका अध्यक्ष राजेन्द्र बराल, पूर्व अध्यक्ष दिपक गुरुङलगायतलाई विशेष आभार प्रकट गर्दै आगामी कार्यकालको लागि आफ्नो प्यानललाई निर्वाचित गराउन सपूर्ण इक्यानका सदस्यहरुलाई आग्रह गरे ।

विष्णुहरि प्यानलमा शैक्षिक परामर्श क्षेत्रमा स्थापित र अब्वल र परिचित व्यवसायी समावेश गरिएको बताइएको छ । जसमा अध्यक्ष विष्णुहरि पाण्डे, उपाध्यक्षत्रय भुवन बहादुर क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठ, महासचिव वासुदेव दाहाल, सचिवमा फिलिप कुमार डाँगी क्षेत्री र शिव त्रिपाठी कोषाध्यक्ष विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल (हरि) रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरु आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतेन्द्र झा, शशी प्रसाद भट्टराई (एसपी) साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्ता कुमार शर्मा जमरकट्टेल (सुमन) र श्रीराम गिरी रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार