शैक्षिक परामर्श क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल अग्रणी शैक्षिक संस्था ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव मनाएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने क्रममा विभिन्न चुनौतिहरूलाई छिचोल्दै निरन्तरको प्रयासबाट २१औं स्थापना दिवस मनाउन सफल भएको द नेक्स्ट एजुकेशनले जनाएको छ ।
यो २१ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै द नेक्स्टका सीईओ शालिकराम भण्डारीले अहिलेको अवस्थासम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक, सरोकारवाला र साझेदार सबैलाई धन्यवाद दिएका छन् ।
‘कन्सल्टेन्सी स्थापनाको यस अवसरमा अझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ,’ उनले भने, ‘विद्यार्थी तथा अभिभावको विश्वास नै सबैभन्दा ठूलो कमाई हो, यसलाई जोगाइराख्ने चुनौती पनि थपिएको छ ।’ भण्डारीले आगामी दिनमा अझै परिस्कृत, गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रवाह गर्दै विद्यार्थीहरुलाई विश्वव्यापी अवसरसँग जोड्न निरन्तर प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
द नेक्स्टले यस अवधिमा थुप्रै विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको लागि परामर्श दिइसकेको छ । संस्थाले विशेष गरी अष्ट्रेलिया, युके, न्युजिल्याण्ड, क्यानडा, अमेरिका लगायतका मुलकमा पढ्न जाने विद्यार्थीहरुलाई उचित, भरपर्दो र गुणस्तरीय परामर्श दिंदै आइरहेको उल्लेख गरेको छ ।











प्रतिक्रिया