नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि कमल प्रसाद तिमल्सिनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै तिमल्सिनाले उम्मेदवारी दिएका हुन् ।
शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका तिमल्सिनाले ईक्यान पूर्वाञ्चल शाखाको सल्लाहकार, पूर्वाञ्चल शाखाका संस्थापक सदस्य तथा उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रबाट प्राप्त गरेको आफ्नो ज्ञान र अनुभवका आधारमा इक्यानको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणमा केन्दीय सदस्य भएर योगदान दिने उदेश्यले उम्मेदवारी दिएको तिमल्सिनाले बताए ।
उनले स्पष्ट दृष्टिकोणसहित सम्पूर्ण इक्यानियनहरुको हितलाई केन्द्रमा राख्दै सशक्त, प्रभावकारी र समावेशी इक्यान निर्माणका लागि नेतृत्वलाई सघाउने र सामूहिक एजेण्डा कार्यान्वयनमा पहलकदमी लिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
मोफसलबाट प्रतिनिधित्व गर्नुका नाताले पनि इक्यान केन्द्र र शाखाबीचको मैत्री सम्बन्ध कायम राख्ने, नीति निर्माणमा पैरवी गर्ने, शाखाहरूको शसक्तिकरणमा जोड दिने, व्यवसायीक क्षमता अभिवृद्धि गराउन पहल गर्ने लगायतका गतिविधि संचालन गर्नुलाई प्राथमिकतामा राखेको तिमल्सिनाले बताए ।
‘मेरो प्राथमिकता शाखाहरुको शसक्तिकरणमा जोड दिने र नीतिगत समस्याहरुको पहिचान गर्नु हो,’ उनले भने, ‘कार्यसमिति सदस्यको जिम्मेवारी पाए शाखाहरुको आवाज केन्द्रसम्म पुर्याई व्यवसायिक हितका लागि समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।’
तिमल्सिनाले इक्यानलाई अझ सशक्त, एकीकृत र प्रतिष्ठित संस्था बनाउने आफ्नो सामूहिक प्रयासलाई आम इक्यानियनहरुबाट अनुमोदन हुने विश्वास लिएका छन् । साथै देशैभरका इक्यानियहरुलाई आफुमाथि भरोसा राखेर साथ सहयोग र अमूल्य मत प्रदान गर्न पनि तिमल्सिनाले आग्रह गरेका छन् ।









प्रतिक्रिया