इक्यान ललितपुर शाखाको वार्षिक साधारणसभा एवंं अधिवेशन सम्पन्न, अध्यक्षमा महर्जन निर्वाचित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको दशौँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

इक्यान केन्द्र र शाखाका पूर्व अध्यक्षहरुसमेतको पहलमा सर्वसम्मत नयाँ कार्यसमिति चयनको प्रयास भने सफल हुन सकेन । अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भयो । अध्यक्षमा विरेन्द्र बज्राचार्य र सनम कुमार महर्जन, उपाध्यक्षमा मुकुन्द बजगाईं र दिवस महर्जनको प्रतिश्पर्धा रह्यो ।

नयाँ कार्यसमितिको अध्यक्षमा सनम कुमार महर्जन निर्वाचित भएका छन् भने निवर्तमान अध्यक्ष अरविन्द कुमार सिंह रहेका छन् ।

यस्तै उपाध्यक्षमा मुकुन्द बजगाईं निर्वाचित भए । सचिवमा विनोद भट्टराई, कोषाध्यक्षमा योजना हमाल सर्वसम्मत चयन भए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा साकार पन्त, लैला महर्जन, रञ्जना उप्रेती, सन्तोष मण्डल निर्वाचित भएका छन् ।

नव निर्वाचित कार्यसमितिलाई इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सपथ खुवाएका थिए ।

नवनिर्वाचित अध्यक्ष महर्जनले इक्यान ललितपुर र यसमा आवद्ध सदस्यहरुको व्यवसायीक हित प्रवद्र्धनमा दृढतापूर्वक लाग्ने बताए । उनले अग्रज व्यवसायीहरुसँगको समन्वय र सबै व्यवसायीसँग हालेमालो गर्दै इक्यान ललितपुरलाई अझ सशक्त, व्यवसायीमैत्री र मर्यादित बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार