शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीको १८ वर्षे यात्रा, विश्वसनीय र समयसापेक्ष सेवा दिने प्रतिवद्धता

वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाएको शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सीले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिंदै आएको शुभाङ्गीले अटुट मेहेनत र प्रयासबाट १८औं स्थापना दिवस मनाउन सफल भएको जनाएको छ ।

शुभाङ्गीका संस्थापक एवं प्रबन्ध निर्देशक किशोर तिवारीले संस्थाको व्यवसायीक यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले स्थापना दिवसको अवसरमा यहाँसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेज/विश्वविद्यालय, शुभेच्छुक र सरोकारवाला सबैप्रति आभार व्यक्त गरेका छन् ।

‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा १८औं वार्षिकोत्सव मनाउन पाउनु आफैमा गर्वको कुरा हो,’ प्रबन्ध निर्देशक तिवारीले भने, ‘यस अवधिमा हामीमाथि गरिएको भरोसा र साथले निरन्तर, उत्कृष्ट, प्रभावकारी र समयसापेक्ष सेवा प्रदान गर्न थप प्रेरित गरेको छ ।’

शुभाङ्गीको सफलता भनेकै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक, र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको तिवारीले बताए । ‘विशेष गरी जापान जाने विद्यार्थीको यात्रालाई साथ दिंदै भविष्य निर्माण गर्न विशेष अवसर सिर्जना गर्दै शुभाङ्गीले भविष्यमा पनि सयौं विद्यार्थीहरूलाई सही मार्गनिर्देशन गर्नबाट कुनै कसर बाँकी राख्दैन,’ उनले भने ।

प्रबन्ध निर्देशक तिवारीले संस्थाप्रति विश्वास र माया गर्ने सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा नयाँ सोच, अझै बढी उर्जा र उच्च लक्ष्यका साथ उत्कृष्ट एवं विद्यार्थी मैत्री सेवा दिने प्रतिवद्धतासमेत जनाएका छन् ।

शुभाङ्गीले जापानका अलवा अमेरिका, न्युजिल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, स्टोनियालगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई पनि उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार