यूएईमा पढ्न जाने विद्यार्थीको गुनासो बढ्न थालेपछि दूतावासद्वारा विवरण संकलन गर्न सुरु

संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न ‘फ्री जोन’ क्षेत्रमा रहेको कलेज, विश्वविद्यालय र तालिम केन्द्रमा पठाइएका नेपाली विद्यार्थीबाट बढ्दो गुनासासँगै अबुधाबीस्थित नेपाली राजदूतावासले पीडित विद्यार्थीको विवरण संकलन सुरु गरेको छ।

दूतावासले एक सूचना जारी गर्दै समस्यामा परेका विद्यार्थीहरूको विवरण संकलनका लागि पोर्टल निर्माण गरिदिन अनुरोध प्राप्त भए बमोजिम परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको जानकारी दिएको हो ।

केही नेपाली शैक्षिक परामर्श केन्द्रमार्फत पठाइएका विद्यार्थीले मापदण्डअनुसार सञ्चालन नभएको कलेज, कक्षा नभई अपार्टमेन्टबाट पढाइ गरिएको, प्रतिबद्धता विपरीत अनलाइन कक्षा मात्रै भएको, सेवा–सुविधा नपाएको तथा रोजगारीका आश्वासन पूरा नभएका गुनासा आएको दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पीडित विद्यार्थीले उपलब्ध गराइएको लिंक वा क्युआर कोडमार्फत १५ दिनभित्र आफ्नो विवरण पेस गर्न दूतावासले अनुरोध गरेको छ ।

संकलित विवरण कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गरिने सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार