शिक्षा मन्त्री महावीर पुनले शिक्षकहरुलाई चुनावको प्रचारमा लागेर स्कुलमा पढाउनै नछोड्न आग्रह गरेका छन् । सोमबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस सेयर गर्दै पुनले शिक्षकहरुलाई यस्तो अनुरोध गरेका हुन् ।
उनले लेखेका छन्, ‘‘फागुन २१ गते आउने चुनावको प्रचारमा चौबीसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ ।’
सिटिइभिटी, विद्यालय र विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताबारे विद्यार्थी र अभिभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिमा नलाग्न र लागे कारवाही गर्ने भन्दै सूचना सार्वजनिक गरिएको पुनले बताएका छन् ।
उनले शिक्षण संस्थामा अनावश्यक राजनीतिक गर्ने काम भ्रष्टाचार नै भएको भन्दै सोतर्फ ध्यान दिन पनि शिक्षकहरुलाई आग्रह गरेका छन् ।
उनले हिजो जारी गरेको सूचना राजनैतिक पार्टीहरुको संरक्षणमा विद्यालयहरु र बिश्वविद्यालयहरुको सञ्चालनमा बाधा अड्चन पुर्याउन र विद्यार्थीहरुको भविष्य संग खेलवाड गर्न पाईने छैन भनेर मात्रै जानकारी दिएको पनि उल्लेख गरेका छन् ।








प्रतिक्रिया