काठमाडौं, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारवाही गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार बिहान विमानस्थलस्थित अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमनपछि गृहमन्त्री श्रेष्ठले सो चेतावनी दिएका हुन् ।
सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिएका थिए ।
गृहमन्त्रीले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत्ति नहुने गरी नयाँ योजना ल्याउने घोषणासमेत गरे ।
मन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भीर्यता अपनाउन नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गरे ।
उनलृ वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने समेत दोेहोर्याए ।
मन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिरसमेत गरे । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनका भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्न छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए ।
मन्त्री श्रेष्ठले भने, ‘‘अहिले जोसुकै भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो । यसले ५(६ वटा कुरामा हामीलाई असर पार्छ ।
एउटा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो निगरानी, भूमिकाले धेरै अर्थ र महत्त्व राख्छ भन्ने कुरा तपाईहरु सबैलाई थाहा नै छ ।”
तेस्रो कुरा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा पछाडि यसको अपराध नियन्त्रणको कुरा, अपराधीहरु हाम्रो देशमा अपराध गरेर बाहिर जाने स्थिति नहोस वा बाहिर अपराध गरेर यहाँ आउने स्थिति नहोस् भन्नेमा सचेत हुन आवश्यक रहेको उनले बताए ।
चौथो कुरा अब हामीले भन्सार राजस्वमार्फत् देशमा राजस्व सङ्कलनको काम पनि गरेको उजmे बताए ।
ूअनुसन्धानका लागि छानबिन समिति बनेको छ । यसले नै अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछ ।
तर, हामीले पहिलादेखि नै भनेको एउटा ल्याप्सेस चाहिँ अराईभलको लगेजमा पनि, कार्गोमा पनि कही पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामाू उनले धने ।
लगेजमा पनि अब स्क्रिनिङ प्रक्रिया सुरु गर्नुपछ उनले भने । जब कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ । भन्सारको कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका छौं ।
अहिले भन्सारका साथीहरुले पनि र अरु यहाँ समन्वयमा रहनु भएका साथीहरुले पनि त्यो सही नै हो भन्नु भएको छ उनले धने ।
तपाईलाई नै त्यसको नाईके भनेर आइरहेको छ नि भन्ने जिज्ञासामा उनले यो देशको भ्रष्टाचारविरोधी अभियानलाई, यो देशमा सुशासन स्थापित गर्ने अभियानलाई प्रधानमन्त्रीको नेतृत्वमा अहिले व्यवहारिक रुपमा गृह मन्त्रालयले नेतृत्व गरिरहेको छू उनले बताए ।
संगठित ढङ्गले कुनै पनि प्रकारबाट यसलाई दिग्भ्रमित पार्ने काम भयो भने त्यसबाट हामी बिचलित हुने छैनौं उनले भने ।
मन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानबिनको काम गर्ने र त्यसमा सघाउ पुर्याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको बताए ।
उनले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताए ।
गृहमन्त्री श्रेष्ठले भने , ‘‘केही दिनअघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरु पार गरेर अवैधानिक रुपमा रुपमा करिव एक क्विन्टल सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर गएको र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लिएर त्यसमा प्रारम्भिक रुपमा देखिएको केही व्यक्तिहरुलाई अनुसन्धानको प्रक्रिया अघि बढाएको तपाई हामीलाई थाहा छदैछ ।ू
त्यससम्बन्धमा राजस्व अनुसन्धानअन्तर्गत एक छानबिन समिति पनि बनाइएको उनले बताए । यो छानबिन र अनुसन्धानको प्रक्रियालाई त्यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ ।
र, जस्तोसुकै र जोसुकै भएपनि त्यसको रुटमा पुग्नेगरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो जोड रहेको छ, उनले भने । आवश्यकता पर्यो भने नेपाल प्रहरीले अहिले सहयोग गर्ने उनको भनाइ छ ।
ूअहिले राजश्व अनुसन्धानको नेतृत्वमा जुन समिति बनेको छ । त्यसले नै अनुसन्धानको प्रक्रियालाई अगाडि बढाउँछ ।
त्यसलाई सहयोग गरेर सफल पार्नु हामी सबै निकायहरुलाई निर्देशन दिन्छौं । त्यही गरिराखेका छौं ’’ उनले भने ।








प्रतिक्रिया