बाढी प्रभावितलाई हिमानी कोषको राहत: खाद्यान्नसहितका सामग्री हस्तान्तरण

काठमाडौँ। देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी पहिरोका कारण प्रभावित भएका समुदायको सहयोगका लागि सामाजिक संस्था ‘हिमानी कोष’ अग्रसर भएको छ। हालैको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कोषले  प्रभावितहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

कोषले बाढी प्रभावित क्षेत्रका बासिन्दाको तत्कालीन आवश्यकतालाई ध्यानमा राखी खाद्यान्न तथा अन्य विभिन्न अत्यावश्यक राहत सामग्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत उपलब्ध गराएको हो।

आपत्कालीन अवस्थामा प्रभावित समुदायसम्म शीघ्र सहयोग पुर्‍याउने उद्देश्यले राहत वितरण कार्यलाई तीव्रता दिइएको कोषले जनाएको छ। आगामी दिनमा पनि प्रभावित क्षेत्रका बासिन्दालाई निरन्तर सहयोग पुर्‍याउन कोष प्रतिबद्ध रहेको छ।

राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ। हिमानी कोषले आफ्ना सम्पूर्ण उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गर्दै पीडित जनसमुदायको सेवा र उद्धारमा हरसम्भव योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। 

कोषले बाढीपीडितका लागि खाद्यान्न उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार