अफ्रिकी गणतन्त्र (CAR) मा शान्ति सैनिक  फेरबदल , ७५ जना स्वदेश फिर्ता

संयुक्त राष्ट्र संघको आव्हानमा Central African Republic (CAR) मा सञ्चालित शान्ति स्थापना मिसन (MINUSCA) मा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली भएको छ।

मिसनमा कार्यरत श्री सैनिक प्रहरी युनिट (शा.से.) Initial ११ औँ डफ्फालाई बदली गर्नका लागि श्री सैनिक प्रहरी युनिट (शा.से.) Initial १२ औँ डफ्फाका ७१ जना नेपाली शान्ति सैनिकहरू आज मंगलबार (२०८३ भाद्र २३ गते) मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्। उक्त टोलीको नेतृत्व प्रमुख सेनानी रविन श्रेष्ठले गरेका छन्।

यसैगरी, MINUSCA मिसनमा आफ्नो सफल कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी श्री सुमन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकको टोली आजै स्वदेश फिर्ता भएको छ।

नेपाली सेनाले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा संयुक्त राष्ट्र संघको छातामुनि रहेर शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार