यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट भित्रिएको विनाशकारी बाढीका कारण ५ हजारभन्दा धेरैको ज्यान गएको छ । ठूलो संख्यामा बेपत्ता रहेकोले सम्भवतः उनीहरु जिवितै फेला पर्ने सम्भावना अति नै न्यून छ । यही बाढीले ८२ जना सुरक्षाकर्मी बेपत्ता छन् । बाढीमा परेर नेपाली सेनाका ४५ जनासहित सिङ्गो सुरक्षा निकायका ८२ जना टोली अझै बेपत्ता भएका हुन् ।
सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १२ जना गरी कुल ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। आफ्ना सहकर्मीहरू बेपत्ता भएको गहिरो पीडाका बीच पनि तीनवटै सुरक्षा निकाय खोज, उद्धार र राहत कार्यमा निरन्तर खटिएका छन्।
नेपाली सेना ९ हजार ३ सयबढी, नेपाल प्रहरी ७ हजार ९७५, सशस्त्र प्रहरी ४ हजार २०३ जना बाढीपछिको खोज, उद्धार र राहत वितरणमा २४ घण्टा नै सक्रिय रहिरहेका छन् ।











प्रतिक्रिया