एसईईको नतिजा सार्वजनिक, झण्डै डेढ लाख विद्यार्थी नन् ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ ।

आज साँझ बोर्डले सार्वजनिक गरेको परीक्षाफलअनुसार परीक्षामा नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएका थिए ।

जसमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थीले ननग्रेडेड भए ।

यस वर्षको कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको बोर्डले जनाएको छ

नतिजाअनुसार जीपीए १.६० देखि २.०० ल्याउने विद्यार्थी संख्या ७ रहेको छ भने २.०० देखि २.४० ल्याउने ५ हजार १९० जना रहेका छन् ।

त्यस्तै २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा ३.२० देखि ३.६० ल्याउने ८० हजार ३७२ विद्यार्थी रहेका छन् ।

सबैभन्दा उच्च जीपीए ३.६० देखि ४.०० सम्म प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको बोर्डले जनाएको छ ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न सफल भएको बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार