द नेक्स्ट एजुकेशनको ‘एड्मिसन डे’ सम्पन्न, विद्यार्थीको उत्साहजनक सहभागिता

वैदेशिक अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले आयोजना गरेको ‘द नेक्स्ट एड्मिसन डे २०२५’ भव्यरुपमा सम्पन्न भएको छ । शनिबार बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको एक दिने एड्मिसन डेमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

एड्मिसन डेमा सहभागी विद्यार्थीहरूले विभिन्न मुलुकका अध्ययन तथा भिसा प्रक्रिया, आवश्यक कागजात तयारी, अध्ययन खर्च, त्यहाँको शैक्षिक–भौतिक वातावरण, विदेश जानुअघि गर्नुपर्ने पूर्वतयारी तथा शैक्षिक नीतिसम्बन्धी विस्तृत जानकारी प्राप्त गरेको द नेक्स्ट एजुकेशनले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा नेपाल क्रिकेट टोलीका कप्तान तथा एनपीएल सिजन २ का लागि लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित पौडेल रहेका थिए । उनी द नेक्स्टका ब्रान्ड एम्बासडर समेत हुन् ।

द नेक्स्टले अस्ट्रेलिया, अमेरिका, युके, क्यानडा, न्युजिल्यान्डलगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार