काठमाडौं, पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाप्रति लचक देखिएका नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सबै एकढिक्का भएर पार्टीलाई अघि बढउनुपर्ने बताएका छन् ।
जारी केन्द्रीय समिति बैठक सकिनुभन्दा एक दिनअघि चियापान कार्यक्रम राखेर नेता डा. कोइरालाले पार्टीभित्रका सबै एकढिक्का हुनुपर्ने बताएका हुन् ।
कांग्रेस एक हुँदा मात्रै देशमा ठूला परिवर्तन सम्भव भएको तर्क गर्दै उनले एकतामा जोड दिएका हुन् ।
उनले कांग्रेसबीच भाइचारा सम्बन्ध स्थापित गराउने उद्देश्यले चियापान समहारोहको आयोजना गरेको पनि बताए ।
यसअघि संस्थापनइतरका नेता भनेर चिनिएका डा. कोइराला पछिल्लो समय रक्षात्मक बनेका छन् ।










प्रतिक्रिया