चीनतर्फको हिम–चट्टान पहिरोले रसुवामा विनाशकारी बाढी

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा भीषण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ (चीनको तिब्बत क्षेत्रमा) ठूलो हिम–चट्टान पहिरो खसेको पुष्टि भएको हो।

उक्त पहिरोका कारण ल्हेन्दे खोलामा एक्कासि ठूलो मात्रामा पानी र गेग्र्यान मिसिएर भीषण बाढी उत्पन्न भएको थियो। सो बाढी टिमुरे हुँदै त्रिशूली नदीमा मिसिएपछि तल्लो तटीय क्षेत्रमा व्यापक विनाश फैलिएको प्राधिकरणले जनाएको छ।

चीनको तिब्बत भूभागबाट सुरु भएको यो विनाशकारी बाढीका कारण हालसम्म १८ जनाको शव फेला परेको छ भने सयौँ मानिसहरू सम्पर्कविहीन भएका छन्। तटीय क्षेत्रका बस्ती, पुल र पूर्वाधारहरूमा गम्भीर क्षति पुगेको छ। प्राविधिक टोलीहरूले भूउपग्रह (स्याटेलाइट) तस्बिर र अन्य तथ्याङ्कका आधारमा घटनाको थप सूक्ष्म अध्ययन जारी राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार