दशैं–तिहारलाई लक्षित गर्दै सुजुकीको ‘पर्वोत्सव’ योजना, १ लाखसम्म नगद छुट

काठमाडौं । सुजुकीको नेपालस्थित अधिकृत वितरक सीजी मोटोकर्पले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजना सुजुकीका प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको सम्पूर्ण दायरामा लागू हुनेछ।

योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क बीमा पाउनेछन्। यद्यपि उपलब्ध सुविधा तथा छुट मोडेलअनुसार फरक हुने कम्पनीले जनाएको छ।

‘सुजुकी पर्वोत्सव’ योजना २०८३ साल साउन २७ गतेदेखि कार्तिक मसान्तसम्म लागू हुनेछ। योजनाले अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारालगायत सुजुकीका विभिन्न मोडेललाई समेट्नेछ।

यसअघि सञ्चालनमा रहेको ‘ई–भिटारा पहिलो १०० युनिट प्रोमोसनल योजना’ भने छुट्टै अफरका रूपमा जारी रहने कम्पनीले जनाएको छ। पहिलो १०० युनिट बिक्री पूरा भएपछि मोडेलअनुसार ‘सुजुकी पर्वोत्सव’ अन्तर्गतका सुविधा ई–भिटारामा समेत लागू हुनेछन्।

विद्युतीय सवारीप्रति आफ्नो प्रतिबद्धता जनाउँदै कम्पनीले ई–भिटारा खरिद गर्ने ग्राहकलाई गाडीसँगै उपलब्ध हुने मानक ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क उपलब्ध गराउने जनाएको छ। होम चार्जर जडान भने ग्राहकको घरको प्राविधिक सम्भाव्यतामा निर्भर हुनेछ।

सीजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले ‘सुजुकी पर्वोत्सव’ले चाडपर्वको अवसरमा ग्राहकलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने बताए। उनले ग्राहकलाई नजिकको सुजुकी शोरूम तथा २५ देखि ३० अगस्ट २०२६ सम्म आयोजना हुने नाडा अटो शोमा पुगेर मोडेलअनुसारको सुविधाबारे जानकारी लिन आग्रह गरे।

कम्पनीका अनुसार सुजुकी नेपालले हाल देशभर ४२ अधिकृत आउटलेटमार्फत प्यासेन्जर, एसयूभी तथा लाइट कमर्सियल गाडीको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार