वैदेशिक शिक्षा अध्ययनका लागि शैक्षिक परामर्श क्षेत्रमा अलग्गै पहिचान बनाएको अग्रणी शैक्षिक संस्था ‘बिज एजुकेशन’ले १८ वार्षिकोत्सव मनाएको छ ।
अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय शैक्षिक परामर्श दिंदै आएको बिज एजुकेशनले अटुट मेहेनत र निरन्तरको प्रयासबाट १८औं बार्षिकोत्सव मनाउन सफल भएको जनाएको छ ।
बिज एजुकेशनका निर्देशक हरि कार्कीले संस्थाको १८ वर्षे यात्रामा साथ दिने र सहकार्य गर्ने सबैप्रति आभार प्रकट गर्दै आजको दिनसम्म आइपुग्न अहम् भुमिका खेल्ने विद्यार्थी, अभिभावक, कर्मचारी, कलेजरविश्वविद्यालय, शुभेच्छुक र सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् ।
‘नेपालबाट विदेशमा गएर पढ्न चाहने विद्यार्थीहरुको सपना र भविष्य निर्माण गर्ने यात्रामा १८ विताउनु आफैमा गर्वको कुरा हो, चुनौती र संघर्षपूर्ण विगतका वर्षहरुलाई पार गर्दै यहाँसम्म आएका छौं,’ निर्देशक कार्कीले भने, ‘यो सबै विद्यार्थी एवं अभिभावकसँग गाँसिएका अनगिन्ती सम्बन्ध र विश्वासका कारण सम्भव भएको हो ।’
बीज एजुकेशनको सफलताको आधार नै विद्यार्थी, अभिभावक एवं शुभेच्छुक र कलेज तथा विश्वविद्यालयबाट प्राप्त साथ, हौसला र विश्वास भएको कार्कीले बताए । उनले वैदेशिक शिक्षा अध्ययनमा जाने विद्यार्थीको यात्रालाई साथ दिंदै भविष्य निर्माणमा अझै विशेष अवसर सिर्जना गरी हजारौं विद्यार्थीको करिअरलाई विश्वव्यापी रुपमा जोड्ने प्रतिवद्धता व्यक्त गरे ।
भक्तपुरको गठ्ठाघरमा मुख्य कार्यालय रहेको बिज एजुकेशनले विशेष गरी ‘युके’ अध्ययनमा जाने विद्यार्थीको लागि परामर्श दिंदै आएको छ । साथै अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्डलगायतका देशहरुमा पढ्न जाने विद्यार्थीहरुलाई पनि उचित, भरपर्दो र गुणस्तरीय परामर्श सेवा दिंदै आइरहेको छ ।









प्रतिक्रिया