काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरपालिकाले लिएको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठ १७ गते सञ्चालित उक्त परीक्षामा कुल १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिको आज (जेठ १८ गते) बसेको बैठकको निर्णयअनुसार परीक्षामा न्यूनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम (मेरिट लिस्ट) सहितको नतिजा प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ। यो छात्रवृत्ति महानगरभित्र सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रदान गरिनेछ।

महानगरपालिकाका अनुसार प्रकाशित प्रारम्भिक योग्यता क्रम (नतिजा) मा चित्त नबुझ्ने विद्यार्थीहरूका लागि पुनर्योग (Re-totaling) को व्यवस्था गरिएको छ। नतिजामा चित्त नबुझेमा विद्यार्थीहरूले २ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार