एसियन गेम्स छनोट क्रिकेटः चीनविरुद्ध नेपालले बनायो फराकिलो जित

एसियन गेम्स छनोट क्रिकेटमा नेपालले चीनविरुद्ध फराकिलो जित हात पारेको छ । आइतबार सिंगापुरमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो ।

३१४ रनको विशाल लक्ष्य पाएको चीन १९ ओभर दुई बलमै सबै विकेट गुमाउँदै ९२ रनमा सीमित भएको हो ।

नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै उक्त रन जोडेका थिए ।

यस्तै, कुशल मल्लले ८५ र रोहित पौडेलले ६९ रन बनाए ।

चीनका लागि ब्याटिङतर्फ झेङ सेन्जियानले ३१, जियानहाओ डुले १७ र तियान सेङुनले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अङ्कको रन बनाउन असफल रहे ।

बलिङतर्फ नेपालका कुशल मल्लले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे । नन्दन यादवले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार