गुजरातलाई ९२ रनले हराउँदै बैंगलोर आइपीएलको फाइनलमा

साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी)ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा स्थान बनाएको छ ।

आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो । जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो ।

गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी छ । अब टोलीले आज हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ ।

पाँचौँ पटक फाइनलमा आरसिबी
आरसिबीले कुल पाँचौँ पटक आइपिएल फाइनलमा स्थान बनाएको हो। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै उपाधि जितेको आरसिबी उपाधि रक्षा गर्न अब एक कदम टाढा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार