आईसीसी विश्वकप लिग–२: नेपालको दमदार प्रदर्शन, अमेरिकामाथि १२२ रनको विशाल जित

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको हो।

यसअघिको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१।२ ओभरमा १९५ रनमै अलआउट भयो।

उसका लागि सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार