सुन–चाँदीको भाउ ओरालो, आर्थिक बजारमा हलचल

आज एकैदिन तोलामा ३ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १२५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ९६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ५ हजार ८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । त्यस्तै एक सातामा चाँदी ७५० रुपैयाँ घटेको छ । गत बुधबार ५ हजार ७१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार