आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जीत निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो ।
नेपाललाई सहजै जीत दिलाउन ओपनर कुशल भुर्तेलले शतकीय पारी खेले । उनी १२० रनमा अविजित रहे । १८१ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।
एकदिवसीय उनको यो व्यक्तिगत उच्च स्कोर हो। उनले यसै मैदानमा १४ फेब्रुअरी २०२३ मा ओमानविरुद्ध ११५ रन बनाएका थिए ।
यस्तै, आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे ।









प्रतिक्रिया