काठमाडौंको गोंगबु–बानियाँटारस्थित काठमाडौं यूरो स्कुलले यस वर्षको एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । काठमाडौं उपत्यकामै उत्कृष्ट विद्यालयका रूपमा आफूलाई स्थापित गर्न सफल यूरो स्कुलले औषतमा ३.८९ जीपीए प्राप्त गरी शतप्रतिशत ‘ए प्लस’ नतिजा ल्याउन सफल भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार एक जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन् भने पाँच जना विद्यार्थीले ३.९५ जीपीए हासिल गरेका छन् । त्यस्तै, ३.९१ जीपीए ल्याउने एक जना, ३.९० जीपीए ल्याउने चार जना, ३.८६ जीपीए ल्याउने एक जना, ३.७८ जीपीए ल्याउने दुई जना तथा ३.७७ जीपीए ल्याउने दुई जना विद्यार्थी रहेका छन् । समग्र विद्यालयको औसत जीपीए ३.८९ रहेको छ, जुन काठमाडौं उपत्यकाका विद्यालयहरूमध्ये अत्यन्तै उत्कृष्ट उपलब्धिका रूपमा हेरिएको छ ।

विद्यालयले “Your Success is Our Pride” भन्ने नारालाई आत्मसात गर्दै हरेक विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूलाई व्यक्तिगत रूपमा मार्गदर्शन गरेको जनाएको छ । त्यसैको परिणामस्वरूप विद्यालयले यसवर्ष अभूतपूर्व सफलता हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल डा. दिपक गुप्ताले जानकारी दिए ।
‘शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा विद्यार्थीको मेहनतका कारण उत्कृष्ट नतिजा आएको हो,’ प्रिन्सिपल गुप्ताले भने, ‘विद्यालयले केवल पाठ्यपुस्तकमै सीमित नभई विद्यार्थीको नेतृत्व क्षमता, सृजनशीलता, आत्मविश्वास, नैतिक शिक्षा र व्यवहारिक ज्ञानलाई पनि समान प्राथमिकता दिँदै आएको छ ।’

एसईईमा ४.०० जीपीए ल्याएकी छात्रा इच्छा गुप्ताले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक र अभिभावकलाई दिएकी छन् । उनले भनेकी छन्, ‘विद्यालयले दिएको वातावरण, शिक्षकहरूको प्रेरणा र परिवारको विश्वासकै कारण यो सफलता सम्भव भयो । यो केवल मेरो मात्र नभई सम्पूर्ण विद्यालय परिवारको सफलता हो ।’
को लागि विद्यालयका शिक्षक, कर्मचारी अभिभावक एवं विद्यार्थीहरुको लगनशिलताको कारण यस ऐतिहासिक सफलता प्राप्त भएको स्कुलका अध्यक्ष प्रमोद पाण्डेले बताए । प्राप्त सफलतालाई सम्पूर्ण विद्यालय परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी केवल नतिजामा मात्र सिमित छैनौं । हामी विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित छौं । आजको यो सफलता मेहनत, विश्वास र निरन्तर समर्पणको प्रतिफल हो । यसलाई निरन्तर कायम राख्दै अझ बढी जिम्मेवार र नैतीक शिक्षालाई जोड दिनेछौं ।’

काठमाडौं यूरो स्कुलले यस सफलतालाई आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने प्रेरणाका रूपमा लिएको उल्लेख गरेको छ । स्कुलले भनेको छ, ‘हामी हाम्रा मेहनती विद्यार्थी, समर्पित शिक्षक, कर्मचारी तथा भरोसा गर्ने अभिभावकप्रति हार्दिक आभार व्यक्त गर्दछौं । तपाईंहरूको साथ, विश्वास र मेहनतले नै यो सफलता सम्भव भएको हो ।’











प्रतिक्रिया