राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरिसकेको छ । सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
जसमध्ये दुई लाख ८४ हजार १६० जनाले विभिन्न ग्रेड प्राप्त गरेका छन् भने एक लाख ४६ हजार ५०७ विद्यार्थी एनजी अर्थात् नन् ग्रेडेडमा परेका छन् ।
नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको बोर्डले जनाएको छ ।
बोर्डले नन् ग्रेडेड विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ । यतिमात्र नभई नतिजामा चित्त नबुझेमा पुनर्योगको लागि पनि बोर्डले समय दिएको छ । १ जेठदेखि ७ गतेसम्मको लागि पुनर्योगको सयम दिइएको छ । कसैको नाम, थर वा जन्ममिति त्रुटि भएमा सच्याउन सकिने बोर्डले जनाएको छ ।







प्रतिक्रिया