पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा तीन प्रहरीको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नु शहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको एउटा गाडी ठोक्किएको थियो। विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको थियो।
सुरक्षा अधिकारीहरूका अनुसार जब थप प्रहरीहरू मद्दतका लागि घटनास्थलमा पुगेका थिए उनीहरूलाई पनि एम्बुसमा पारी आक्रमण गरिएको थियो ।
प्रहरी अधिकारी सज्जाद खानले भनेका छन्, ‘पोस्टमा तैनाथ १५ जना प्रहरीमध्ये धेरैजसोको मृत्यु भएको आशंका गरिएको छ र पोस्ट पूर्ण रूपमा ध्वस्त भएको छ।’
अर्का प्रहरी अधिकारीले भनेका छन्, ‘आतंककारीहरूले पहिले विस्फोटक पदार्थले भरिएको कारले चौकीमा आक्रमण गरे, त्यसपछि भित्र पसे र प्रहरीमाथि गोली चलाउन थाले।’
‘अन्य सुरक्षा बलहरूलाई मद्दत गर्न पठाइएको थियो, तर उनीहरूलाई पनि आतंककारीहरूले एम्बुसमा पारी आक्रमण गरेका थिए । केही हताहत भएको रिपोर्ट गरिएको छ,’ ती अधिकारीले भने ।
आक्रमणको जिम्मेवारी इत्तेहाद-उल-मुजाहिदीन नामक अतिवादी संगठनले लिएको छ।










प्रतिक्रिया