राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजना एवं क्लथ एण्ड फुड बैंक नेपाल र लायन्स क्लब अफ काठमाण्डु क्लिओप्याट्राको सहकार्यमा कपडादान कार्यक्रम सम्पन्न भएकोछ । संस्थाकि महिला सचिव बेनिश पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिव ४००केजी नयाँ तथा पुराना प्रयोग गर्न मिल्ने कपडा बितरण गरिएको थियो ।
कार्यक्रममा क्लथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जीसीले कलाकारिता क्षेत्रबाट यो पहिलो संस्थागत सहकार्य रहेकोलेपनि आफु उत्साहित र प्रफुल्लित रहेको बताए भने प्रस्तोता समाज नेपालका अध्यक्ष नरहरी प्रेमी सर्जक बैकुण्ठ महत प्राध्यापक रिषीराम शर्मा लगायतले आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष नारायण बहादुर थापाको सभपतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष थापाले बिबिध सामाजिक कार्यक्रमहरुमार्फत संस्थालाई अझै अग्रसर गतिशील र जिम्मेवार बनाएर अगाडि लैजाने बताए ।
सामाजिक काममा सदैव अग्रसर अग्रणी संस्था राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले यसअघिपनि श्रष्टा सम्मान लगायत ललितकलाका बिबिध क्षेत्रमा रहेका श्रष्टाका हक अधिकार ,बिक्रिति बिसंगति न्युनिकरण लगायतका जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोछ ।
“कोही पनि नेपाली लुगाको अभावमा नाङ्गो बस्नु नपरोस्, र लुगाको अभावमा कठ्याङ्ग्रिएर मर्नु नपरोस्” भन्ने मूल नारासहित राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अघि सारेको यस राष्ट्रिय अभियानमा सहकार्य गर्दै आगामी कार्यक्रमहरूमा सहभागिता जनाउन गीत सङ्गीत तथा कलाकारिता क्षेत्रका सम्पूर्ण संघ–संस्था र व्यक्तिहरूलाई सहकार्यका लागि हार्दिक आह्वान गर्दै “समाजका लागि कलाकार र कलामैत्री समाज” को परिकल्पनार्थ यस अभियानलाई थप सशक्त बनाउँदै अनि हातेमालो गर्दै अघि बढ्न राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान परिवार दृढ र समर्पित रहेको बताइएको छ ।
संस्थाको कार्यालय अनामनगरमा सम्पन्न कपडादान कार्यक्रमको संचालन महासचिव सनम कठायतले गरेका थिए भने संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सचिव रिता केसी, महिला सचिव एवं कार्यक्रम संयोजक बेनिश पौडेल, कोषाध्यक्ष प्रतिक्षा काफ्ले,कार्यसमिति सदस्यहरु बिरेन्द्र भाट “बिपिन” बिनोद बम, पुजा ठकुरी, प्रमोद डिजी, प्रज्वल राज भट्ट, कोपिला शिवाकोटी, रानु निरौला लायन माला खत्री लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया