चलचित्र कलाकार संघको अध्यक्ष पदमा उत्तम केसीको उम्मेदवारी

नेपाल चलचित्र कलाकार संघको आसन्न साधारणसभा आगामी जेठ ३ गते हुने तय भएको छ । यसैबीच संघको नेतृत्वका लागि पुराना तथा चर्चित कलाकार उत्तम केसीले शनिबार (२०८३/०१/२६) अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उत्तम केसीको उम्मेदवारी संघका संस्थापक अध्यक्ष रविन्द्र खड्काको प्रस्ताव र प्रथम नायिका भुवन चन्दको समर्थनमा दर्ता गरिएको हो । अनुभवी कलाकारहरूको साथ र समर्थनले उनको उम्मेदवारीलाई थप बलियो बनाएको छ ।

यसैबीच अर्का उम्मेदवार धर्मेन्द्र आचार्यले उत्तम केसीको योजना तथा एजेन्डा मन परेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिँदै उनलाई समर्थन जनाएका छन् । यस कदमले संघको नेतृत्वमा सहमतिको संकेत देखिएको विश्लेषण गरिएको छ ।

त्यसैगरी, अध्यक्ष पदका लागि कलाकार सविन श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । अब साधारणसभामा कलाकारहरूको मतद्वारा नयाँ नेतृत्व चयन हुनेछ ।

संघको निर्वाचनले नेपाली चलचित्र क्षेत्रको नेतृत्व र भावी दिशा तय गर्ने भएकाले कलाकार तथा सरोकारवालाहरूको चासो उच्च देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार