नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आज शपथ ग्रहण गर्दै पदबहाली समेत गरेका छन् ।
मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् । पण्डितलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरको थियो ।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकबाट बैंक सेवा यात्रा सुरु गरेका थिए । त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशक बनेका थिए । कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वका साथै बैंकको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।











प्रतिक्रिया