‘राजनीतिक सिण्डिकेटविरुद्ध र समावेशीका लागि इक्यानमा मेरो उम्मेद्वारी’

विमलमान राजभण्डारी, उपाध्यक्षका उम्मेद्वार
इक्यान

नेपाल शैक्षिक परामर्श संघ इक्यानको यही असार ३० गते हुने निर्वाचनका लागि विमलमान राजभण्डारीले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । डेढ दशक भन्दा लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय उनले स्वतन्त्र रुपमा उपाध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

असपार्क एजुकेशन नेटवर्कका सिइओसमेत रहेका राजभण्डारीले इक्यानको निर्वाचन मिति सार्वजनिक भए लगत्तै सामाजिक संजालमार्फत उपाध्यक्षका लागि उम्मेद्वारी घोषणा गरी प्रचार प्रसार गर्दै आएका छन् । उनले इक्यान निर्वाचनमा फरक फरक प्यानलहरु भएपनि आफु कुनै पनि प्यानलमा नरहेको प्रस्ट पारेका छन् ।

‘इक्यान फर इक्यानियन’ भन्ने नाराका साथ समग्र शैक्षिक परामर्श व्यवसायीहरुको हितका लागि काम गर्ने लक्ष्यकासाथ उम्मेद्वारी दिएको राजभण्डारीले बताए । इक्यानमा हुने राजनीतिक सिण्डिकेटलाई तोड्न र आम सदस्यहरुको व्यवसायीक सम्मानका लागि पनि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।

इक्यानलाई सबै सदस्यले आफ्नै संस्था हो भन्ने महसुस गराउँदै उनीहरुको क्षमता अभिबृद्धिका लागि विभिन्न गोष्ठि, सेमिनार र तालिममा समान सहभागिताको अवसर दिलाउन कुनै कसर नछाड्ने राजभण्डारी बताउँछन् । त्यस्तै उनले व्यवसायीहरुलाई परिआउने नीतिगत तथा कानुनी अड्चन फुकाउन राज्यका सरोकारवाला निकायसँग निरन्तर समन्वयकारी भूमिका निर्वाह गर्न अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

शैक्षिक परामर्श व्यवसायमाथि राज्यले अनावश्यक धरौटीको व्यवस्था गर्ने त्रास देखाइरहेको अवस्थामा यसको शसक्त प्रतिवाद गर्न व्यवसायीक एकताको खातिर उपाध्यक्षमा उम्मद्वारी दिन लागेको राजभण्डारीले बताए ।

उनले आफ्नो उम्मेद्वारी कोही कसैसँग प्रतिश्पर्धा गर्न नभई व्यवसायीक हितका निम्ती नीति निर्माण, समावेसिता, पारदर्शिता र समृद्ध इक्यान निमार्णको लागि भएका कारण सम्पूर्ण सदस्यहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार