नेपालमा भित्रिएको रेमिट्यान्सः ११ महिनामा ११ खर्ब १२ अर्ब

मुलुकमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशमा काम गर्ने नेपालीहरुले औपचारिक माध्यमबाट पठाएको उक्त रेमिट्यान्सको मुलुकमा भित्रिएको हो ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २६२ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार