‘व्यवसायीहरुको हकहित र पेशागत सुरक्षालाई प्राथमिकता दिन्छु’

भवनाथ हुमागाई, सचिव पदका उम्मेद्वार
इक्यान

नेपाल शैक्षिक परामर्श संघ इक्यानको यही असार ३० गते हुने निर्वाचनमा भवनाथ हुमागाईले सचिव पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् । विशेषगरी जापान पढ्न चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको ‘सक्सेस एर्वोड स्टडी’का संचालकसमेत रहेका हुमागाई लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय व्यवसायी हुन् ।

इक्यानको नवौं अधिवेशनका क्रममा हुने निर्वाचनमा हुमागाईले आफुलाई सचिव पदका लागि सशक्त उम्मेद्वारको रुपमा खडा गरेका छन् । वर्तमान कार्यसमिति सदस्यसमेत रहेका उनले आफुले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् । उनले इक्यानको एक बर्ष जापान विभाग पनि सम्हालेका थिए । उक्त अवधिमा जापानमा विद्यार्थी पठाउदा आइपरेका समस्या समाधानको लागि मूख्य भूमिका निर्वाह गरेका थिए । यतिमात्र नभई शिक्षा मन्त्रालयले नो अब्जेक्सन लेटर (एओसी)मा लागू गर्न खोजेको नयाँ प्रावधान खारेजी गर्न पनि हुमागाईले अग्रपंक्तिमा रहेर सहजीकरणमा भूमिका खेलेका थिए ।

हुमागाईको सक्रियतापूर्ण गतिविधिले पारेको प्रभाव र आएको रिजल्टलाई इक्यान कार्यसमिति र व्यवसायीहरुले समेत प्रशंसा गर्ने गरेका छन् । उनी इक्यानको अतिरिक्त क्रियाकलाप विभाग (इसिए) प्रमुख पनि हुन् । संस्थागत रुपमा अतिरिक्त क्रियाकलापमार्फत ठूलो संख्यामा व्यसायीहरुलाई भेला गरी दशैं कार्यक्रम मनाउने, बार्षिक रुपमा पिकनिक आयोजना गर्ने, इक्यान डे तथा बार्षिक साधारणभामा रचनात्मक भूमिका खेलेको हुमागाई बताउँछन् । अतिरिक्त क्रियाकलापका कार्यक्रम संचालन गर्दा विभिन्न स्पोन्सरहरु जुटाएर इक्यानको आर्थिक कोष बृद्धिमा पनि टेवा पुर्याएको उनको भनाई छ ।

सरल र मिजासिलो स्वभावका हुमागाईले व्यवसायीहरुको साथ समर्थन र सहयोगले नै इक्यानको सचिवमा उम्मेद्वारी घोषणा गरेको बताए । आफ्नोतर्फबाट व्यवसायीहरुको हकहित र पेशागत सुरक्षाको लागि जस्तोसुकै परिस्थितिमा पनि खट्ने प्रतिवद्धता व्यक्त गर्दै सचिवमा विजयी गराउन उनले सम्पूर्ण इक्यानीयनहरुलाई आग्रह गरेको छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार