इक्यान निर्वाचनको सरगर्मी, धमाधम उम्मेद्वारी घोषणा

शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी कार्यकालको लागि यही असार ३० गते हुन लागेको निर्वाचनमा व्यवसायीहरुले धमाधम उम्मेद्वारी घोषणा गरेका छन् ।

प्यानल नै घोषणा नगरेपनि अध्यक्षको प्रतिपश्र्धामा बिष्णुहरी पाण्डे, शेषराज भट्टराई, देवीदास भट्टराई र कृष्णहरी केसीले अनौपचारीक रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उपाध्यक्षमा भुवन क्षेत्री, लक्ष्मण पौडेल ‘एन्ड्रयु’, श्रीराम पौडेल, गिता शर्मा, पुष्पराज भट्टराई, विमलमान राजभण्डारीलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी महासचिवमा दिपक भुसाल र वासुदेव दाहालले उम्मेद्वारी घोषणा गरेको छन् । भुसाल र दाहाल बर्तमान कार्यसमितिका महासचिव र सचिव हुन् ।

सचिवमा भवनाथ हुँमागाइ, शिव त्रिपाठी, रत्न भट्टराई, एलवी गोले तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । अहिलेसम्म कोषाध्यक्षमा विनोदबावु सुवेदी र आशिक कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् ।

यस्तै सदस्य पदका लागि पनि व्यवसायीहरुले आकांक्षा राख्दै सामाजिक सञ्जालमार्फत नै उम्मेदवारी घोषणा गरिरहेका छन् ।

अहिलेसम्म कुनै पनि अध्यक्षका उम्मेदवारले प्यानल नै घोषणा गरिसकेका छैनन् । यद्यपी अन्तरिक प्यानल भने निर्माण भइसकेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार