फेकन साधारणसभा सम्पन्न, अध्यक्षमा निरौला निर्वाचित

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा भएको १२औं बार्षिक साधारणसभामार्फत राजु निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

करिब दुई सय सदस्य रहेको फेकनमा इलेक्ट्रोनिक्स भोटिङ प्रणालीबाट फेकनको निर्वाचनमा झण्डै ८२ प्रतिशत मतदान भएको बताइएको छ । निर्वाचनमा राजु निरौला र प्रज्वल बस्नेतले छुट्टा छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

संस्थामा सदस्यतासम्बन्धी बिवाद आएपछि वस्नेत प्यानल निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि निरौलाको प्यानलले एकतर्फि मत पाएको थियो ।

नयाँ कार्यसमितिमा अध्यक्ष निरौला, उपाध्यक्षमा दीपस सिलवाल, उमेश कुश्वार र अमितबाबु ढुंगाना निर्वाचित भएका छन् भने महासचिवमा छबिन्द्र ओझा निर्वाचित भएर आएका छन् ।

त्यस्तै सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्द, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल, सह कोषाध्यक्षमा गौतम पुडासैनी रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा संजय बस्नेत, खगेन्द्र श्रेष्ठ, रोसन खनाल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश खनाल र राजकुमार ढकाल निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ कार्य समितिलाई हिमाल डेलीको पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

प्रतिक्रिया

सम्बन्धित समाचार